कृति “रैतिको इतिहास” बिमोचन


८ बैशाख २०७९, बिहीबार २०:२० मा प्रकाशित

कनकाइ । आज एक कार्यक्रमका बिच सामाजिक ब्यक्तित्व स्व. गणेश प्रसाद पोखरेलको संस्मरणात्मक कृति “रैतिको इतिहास” को बिमोचन गरिएको छ ।

झापाको कनकाइ नगरपालिका स्थित दुर्गापुरका एक सहित्यिक कार्यक्रमका बिच कृति बिमोचन गरिएको हो । स्व. पोखरेलको पुन्य तिथि पारेर आज पुस्तक बिमोचन गरिएको उहाँका छोरा तथा कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले बताउनु भयो ।

हिजोका पुर्खाको गौरवशाली इतिहास, त्यो बेलाको राजनिकि घटनाक्रमलाई पुस्तकले रोचक रुपमा प्रस्तुत गरेको उहाँको भनाइ थियो । तिन पटक प्रधानपञ्च हुनु भएका स्व.पोखरेलको सम्झनामा गणेश पोखरेल स्मृती प्रतिष्ठान स्थापना गरिएको छ । जसमा २ करोड रुपैया पूँजी सकंलन गर्ने अभियानमा पोखरेल सेवा समिति लागि परेको उहाँले बताउनु भयो ।

मेयर पोखरेलको अध्यक्षतामा सम्पन्न बिमोचन कार्यक्रममा प्राज्ञ. चुडामणि रेग्मी, नेपाल पत्रकार महासघं भापा शाखाका अध्यक्ष एकराज गरी, समाजिक ब्यक्तित्व राजकुमार पोखरेल, लेखनाथ पुस्तकालय चन्द्रगढीका अध्यक्ष विरही अधिकारी, डायनामिक ग्रप झापाकी अध्यक्ष खग्रेन्द्रा खुसि, लगायतको आतिथ्यता रहेको थियो ।

झापाको मेचिनगरमा जन्मिएका कृष्ण अबिरलले सरल भाषामा पुस्तकको पुन लेखन र सम्पादन गर्नु भएको हो । कृतिमा ४४ सिर्षक रहेका छन् भने ३ सय ३० पृष्ट रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here