एमालेले आज स्थानीय चुनावको घोषणा पत्र सार्वजनिक गर्ने


९ बैशाख २०७९, शुक्रबार ०९:३३ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज स्थानीय चुनावको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।

७४ औं पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

थापाथलीमा रहेको पार्टी मूख्यालय शुक्रबार नै ललितपुरको च्यासलस्थित तुल्सीलाला अमात्यस्मृति भवनमा सारेर त्यहींबाट घोषणापत्र सार्वजनिक गरिने एमाले सचिवालयले जनाएको छ ।

एमाले महानगरहरु र उपमहानगरहरुका उम्मेदवारको सूची भने शनिबार मात्रै सार्वजनिक गर्ने भएको छ ।

एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले पनि घोषणापत्र ल्याईसकेका छन् ।

सत्ताका प्रमुख साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले भने घोषणापत्र ल्याएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here