बिर्तामोड ३ स्थित बिर्ताबजारमा कृषि तथा सामुदायिक भवन निर्माण हुने


८ बैशाख २०७९, बिहीबार २०:०३ मा प्रकाशित

बिर्तामोड । हाल दुर्गा मन्दिर पश्चिम इन्द्रेणी मार्केट रहेको स्थलमा ३ तले आधुनिक भवन बन्न लागेको हो ।

नेपाल सरकारको विशेष अनुदानबाट प्राप्त रकमबाट भवन निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । भवनको अन्डरग्राउण्डमा पार्किङ, पहिलो तलामा ३३ वटा सटर र दोश्रो तलामा ३२ वटा सटर रहने छ ।

भवन निर्माणका लागि ५ करोड ५ लाख ६५ हजार ३०८ रुपैयाँमा शिवालय आरएस जेभी नयाँ बानेश्वर काठमाडौंले १८ महिनामा काम सक्नेगरि ठेक्का संझौता गरेको छ । धेरै पहिलादेखि हटिया बजार लाग्दै आएको यस स्थानमा आधुनिक भवन बन्न लागेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिनु भयो ।

भवन निर्माण स्थलमा रहेका व्यापारीहरुलाई बिर्तामोड नगरपालिकाको कार्यालय अगाडि रहेको शिवालय परिसरमा सारिने भएको छ । निर्माण सम्पन्न भएपछि उनीहरुलाई बिर्ताबजार कृषि तथा सामुदायिक भवनमा नै व्यवसाय सञ्चालन गर्न दिइने नगरपालिकाले जनाएको छ ।

यस मार्केटमा हाल ६४ वटा पसल सञ्चालनमा रहेको व्यापारी एकता मञ्च बिर्ताजारका संयोजक तुलसी ढकालले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here