गठबन्धनमा भागबण्डा : कहाँ अड्कियो हलो ?


६ बैशाख २०७९, मंगलवार ०६:२४ मा प्रकाशित

काठमाडौं । सत्तारुढ पाँच राजनीतिक दलहरू महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाउन असफल भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुईपटक बसेको शीर्ष नेताहरूको बैठकमा भरतपुर, वीरगन्ज, पोखरा महानगरपालिकाको दाबी प्रमुख तीन दलले नै नछाडेपछि भागबण्डा नमिलेको हो।

काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुख कांग्रेसलाई दिन गठबन्धनका दलहरू सहमत भइसकेका छन्।

बैठकमा सत्ता गठबन्धनमा रहेका अन्य तीन दलले ११ उपमहानगरपालिकामध्ये कांग्रेसलाई पाँच दिने प्रस्ताव गरेका छन्।

अन्य तीन दलले दुईदुई उपमहानगरपालिका लिने प्रस्ताव गरेका थिए। तर काँग्रेसले पाँच उपमहानगरपालिकामा चित्त बुझाएको छैन।

गठबन्धनको बैठक आज पनि बस्ने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here