झापा । काँकरभिट्टामा जारी झापा सुपर लिगमा आज पनि २ वटा खेल हुँदैछ ।
आज हुने पहिलो खेलमा विराट वरियर्स र धुलावारी टाइगरले प्रतिस्पर्धा गर्ने छ ।
त्यस्तै आजको दोस्रो खेलमा बोष्टर्न व्लाष्टर र सनराइज काँकरभिट्टावीच खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्र्तगत आइतवार सम्पन्न खेलमा धुलावारी टाइगर्स र सनराइज काँकरभिट्टा विजयी बन्दै २-२ अंक जोडेका छन ।
पहिलो खेलमा धुलावारी ४६ रनले विजयी भएको थियो ।
दोश्रो खेलमा सनराइज काँकरभिट्टा ६ विकेटले विजयी भयो ।
व्याटिङको निम्तो पाएको धुलावारीले निर्धारित २० ओभरमा ९ विकेटको क्षति व्यहोर्दै १ सय ७५ रन बनाएको थियो ।
उसका लागि अन्तराष्ट्रिय खेलाडी गुल्सन झाले सर्वाधिक ५२ रन बनाए ।
बलिङमा वोष्टर्नका सुनिल आचार्यले सर्वाधिक ३ विकेट झारे ।
धुलावारीले दिएको १ सय ७५ रनको लक्ष्य पछयाउदै मैदान आएको बोष्टर्न १८ दशमलव २ ओभरमा सवै विकेट गुमाएर १ सय २८ रनमा समेटिएयो।
उसका लागि ओपनर दिपु भुजेलले सर्वाधिक ३० र राष्ट्रिय खेलाडी मिनास थापाले २४ रन बनाउनु वाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन ।
खेलको प्लेयर अफ दि म्याच विजेता टीमका गुल्सन झा भए ।
दोश्रो खेलमा टस जितेर व्याटिङ रोजेको भद्रपुर २० ओभरमा सवै विकेटको क्षति व्यहोर्दै १ सय ३७ रनमा समेटियो ।
मन्जित श्रेष्ठले अविजित ७९ रन र रुपक वरालले ३४ रन वाहेक अन्यले दोहोरो अंक वनाउन सकेनन ।
वलिङमा सनराइज काँकरभिट्टाका आयुष न्यौपाने, सन्दिप ढुंगाना र फिरदोज अन्सारीले २-२ विकेट झारे ।
सनराइज काँकरभिट्टाले १६ दशमवल ५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गर्याे ।
जसमा ओपनर भूपाल दंगालले अविजित ५१ र सन्दिप ढुंगानाले ३८ रनको योगदान दिए ।
सन्दिप प्लेयर अफ दि म्याच भए ।
भद्रपुरका शौजन घिमिरे र आशिक राना मगरले २-२ विकेट लिए ।





