तातोपानी नाका हुँदै नेपाल भित्रिए साझाका ३ वटा बिजुली बस


३० चैत्र २०७८, बुधबार १८:५३ मा प्रकाशित

काठमाण्डाै । साझा यातायातले पहिलो चरणमा परीक्षणका लागि ल्याउन लागेका तीन वटा बिजुली बस नेपाल आइपुगेको छ ।

ती बस तातोपानी नाका आइपुगेको र भन्सार प्रक्रिया पूरा गरेर केही दिनमा काठमाण्डौ ल्याइने साझा यातायातका कार्यकारी निर्देशक महेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

चीनको उकालो सडकमा बिजुली बसको ‘ग्रेडबिलिटी टेस्ट’ अर्थात् उकालो तान्न सक्ने क्षमता परीक्षण गरेपछि नेपालतर्फ ल्याइएको हो । पहिलो चरणमा साझाले तीन वटा मात्र बिजुली बस ल्याएको हो ।

ती बस काठमाण्डाै आइपुगेपछि उपत्यकाका सडकमा परीक्षण सफल हुनासाथ बाँकी ३७ वटा पनि आउने उहाँले बताउनुभयो । सीएचटीसीएचओसँग साझाले प्रति बस डेढ करोड रुपैयाँ मूल्यमा किन्न लागेको हो । साझाले ४० वटा बसमा झन्डै ६१ करोड रुपैयाँ खर्चिंदै छ । बाँकी ३७ वटा बस साउनसम्म ल्याइसक्ने कार्यकारी निर्देशक पाण्डेकाे भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here