काठमाडाैं । लोकसेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका चौथो तहका आन्तरिक प्रतियोगिता, खुला र समावेशी पदको विज्ञापन खुलाएको छ ।
आयोगले बुधवार गोरखापत्र दैनिकमा सूचना सार्वजनिक गर्दै सो पदमा विज्ञापन खुलाएको हो ।
इच्छुक उम्मेदवारले अनलाइन मार्फत आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।
एसईई उत्तीर्ण भएकाले पनि आवेदन दिन सक्नेछन् ।