झापा मेचीनगर ६ बाट २० लाख मूल्यको विस्कुटसहित भारतीय कन्टेनर प्रहरी नियन्त्रणमा


३० चैत्र २०७८, बुधबार ०६:५८ मा प्रकाशित

झापा । झापाबाट करिब २० लाख रुपैयाँ बराबरको अवैध बाटोबाट ल्याइँदै गरेको बिस्कुटसहित एक भारतीय कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापाको मेचीनगर नगरपालिका ६ बाट २० लाख रुपैयाँ मूल्य बराबरको अबैध सामाग्रीसहित प्रहरीले भारतीय कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

भन्सार छलेर भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय कन्टेनरसहित चालक २२ बर्षिय सिशराम गोर्सीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले बिस्कुटसहित कन्टेनरलाई नियन्त्रणमा लिएको हो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here