काठमाडौं । नेपाली कांग्रेस पार्टीले एमसीसी सम्झौताको सम्बन्धमा जनतामा रहेको भ्रमलाई चिरेको बताएको छ ।
मंगलवार फागुन २९ गतेदेखि चैत्र २९ गतेसम्म चलेको पार्टीको ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको सम्बन्धमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अभियानका क्रममा एमसीसीको सम्बन्धमा जनतामा रहेको भ्रमलाई चिर्न सफल भएको बताउनुभएको हो ।
त्यसैगरी अभियानमा नेपाली कांग्रेसले गरेका विकास निर्माणको कामको सम्बन्धमा पनि जनतालाई बुझाएको उहाँले बताउनुभयो।