बिर्तामोड नगरका कृषकलाई कृषि सामाग्री वितरण


२७ चैत्र २०७८, आईतवार २०:३५ मा प्रकाशित

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषकहरुलाई व्यवसायिक तरकारी उत्पादनका लागि विभिन्न सामाग्री वितरण गरेको छ ।

मेयर विषादी मुक्त नगर कार्यक्रम अन्तर्गत व्यवसायिक तरकारी उत्पादनका लागि नगरको कृषि विकास शाखाले आइतबार गरामनिमा आयोजना गरेको ३ दिने तालिमको समापनसंगै कृषि सामाग्री वितरण गरेको हो ।

चैत्र २४,२६ र २७ गते आयोजना गरीएको तालिमका सहभागीहरुलाई नगर उपप्रमुख पवित्रा महातारा प्रसाईले सामाग्री प्रदान गर्नु भयो ।

कृषकहरुलाई सिलपोलिन प्लाष्टिक,१६ लिटर क्षमताको स्प्रे ट्याङ्की,प्राङगरिक मल उत्पादनका लागि गड्यौलाको मदर कल्चर र नर्सरी ट्रे वितरण गरीएको कृषि शाखा प्रमुख राजेन्द्र प्रसाद कडरियाले जानकारी दिनु भयो । उहाँले नर्सरी ट्रे सात सय थान, स्प्रे ट्याङ्की ३५ वटा र सिलपोलिन प्लाष्टिक ३५ थान वितरण गरीएको जनाइएको छ ।

तालिममा बिर्तामोड नगरपालिका वडा नम्बर २,७,८,९ र १०का गरि ३५ जना कृषकले सहभागिता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here