काठमाडौं । नेकपा एमालेले नेपालको पछिल्लो आर्थिक अवस्थाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ।
आइतबार पत्रकार सम्मेलन गरेर एमालेले आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्न लागेको पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
तीनजना पूर्वअर्थमन्त्रीहरूको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको एमालेले जनाएको छ । होटेल हिमालयमा दिउँसो १२ः३० बजे पत्रकार सम्मेलन गरिने नेता रिजालले बताउनु भयो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार वर्तमान सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर ‘बलिको बोको’ बनाएको बताउनु भएको थियो।