पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त


२७ चैत्र २०७८, आईतवार ०७:३२ मा प्रकाशित

काठमाडौ‌ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त हुनुभएको छ।

समाचार एजेन्सीहरूले जनाएअनुसार पाकिस्तानकाे संसद्ले प्रधानमन्त्री इमरान खानविरुद्ध राखिएकाे अवश्वासकाे शनिवार प्रस्ताव पारित गरेपछि उहाँ पदमुक्त हुनुभएको हो।

खानले आफूविरुद्ध अविश्वासकाे प्रस्ताव पारित हुनेदेखेपछि संसद् भङ्ग गरेर मध्यावधि निर्वाचन गराउन खोज्नु भएको थियो । पाकिस्तानकाे सर्वोच्च अदालतले संसद् भङ्ग गर्ने निर्णय खारेज गरेपछि अविश्वासकाे प्रस्तावमा मतदान भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here