इलाम। इलामको चुलाचुली गाउँपालिकामा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
चुलाचुली गाउँपालिका वडा नम्वर तीन समृद्धि टोलका ३९ वर्षिय राम बहादुर थुकुङ राईको हात्तिको आक्रमणबाट मृत्यु भएको हो ।
आज बिहान मर्निङ वार्कमा निस्कनु भएका उहाँलाई जंगली हात्तिले आक्रमण गरेको थियो । साढे पाँच बजे हात्तिले आक्रमण गरेपछि उपचारका लागि उहाँलाई झापा दमकको एड्भान्स अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा उहाँको अस्पतालमा साढे छ बजे मृत्यु भएको अस्पताललाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी जंगाबहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार बिहान घरबाट निस्कनु भएका उहाँलाई हात्तिले टेकेको र आक्रमण गरेको जनाइएको छ । घरबाट करिव दुई सय किलोमिटर टाढा उहाँलाई हात्तिले आक्रमण गरेको थियो ।