सर्लाही। सुर्योदय टेलिभिजनले मधेश प्रदेशको सर्लाही जिल्लामा प्रादेशिक कार्यालय उद्घाटन गरेको छ ।
झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको सुर्योदय टेलिभिजनले हरिबन नगरपालिका ११ मा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको हो ।कार्यालयको शुक्रबार बिधिवत रुपमा टेलिभिजनका अध्यक्ष मनोज उप्रेती, हरिबन नगरपालिकाका मेयर गणेश प्रसाई, नेकपा एमाले मधेश प्रदेश कमिटिका उपाध्यक्ष रेवती पन्त, जिल्ला अध्यक्ष राजनारायण शाह लगायतले उद्घाटन गर्नुभयो । प्रादेशिक कार्यालय स्थापनासँगै आधुनिक स्टुडियो समेत निर्माण गरिएकाले यस क्षेत्रका बिभिन्न बिषयलाई समेटेर कार्यक्रम समेत उत्पादन गरिने सिनियर कार्यक्रम अधिकृत केशवराज भण्डारीले जानकारी दिनुभयो ।सुर्योदय टेलिभिजनले समाचार सूचना तथा मनोरञ्जनात्मक बिभिन्न कार्यक्रमहरु नियमित रुपमा प्रशारण गर्दै आएको छ ।