कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले नै राजसंस्था ठिक रहेको भन्न थालेः लिङ्देन


२५ चैत्र २०७८, शुक्रबार १९:२८ मा प्रकाशित

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको अवस्थाले कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले राजसंस्था ठिक रहेको भन्न थालेको बताउनु भएको छ ।

काठमाडौंको खुलामञ्चमा शुक्रबार पार्टीको आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले २०४६ साल देशको नेतृत्व लिएका कांग्रेस, एमाले र माओवादीले मुलुकलाई असफल बनाउन लागेको आरोप लगाउनु भएको हो।

देशलाई असफल बनाउन लागेको देखेका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले देशमा त राजतन्त्र नै चाहिने रहेछ भनेर भन्न थालेको उहाँले बताउनु भयो । उक्त तीन दललाई फेरि पनि निर्वाचित गराएमा देश श्रीलंका, युक्रेनजस्तो हुने भन्दै उहाँले राप्रपालाई निर्वाचित गराउन आग्रह गर्नुभयो ।

‘कांग्रेस, एमाले , माओवादीलाई अब कति समय दिए, देश बनाउलान् ? अहँ अब बनाउँदैनन् । ३२ वर्षमा देशलाई असफल बनाउन लागे,’ अध्यक्ष लिङ्देनले भन्नु भयो, ‘अब यिनीहरुले देश बनाउँदैनन् । राप्रपालाई मत दिएर उनीहरुका बाकस (मतपेटिका) खाली गरिदिनुहोस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here