प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रिय सभा सदस्य मनोनीत


२६ चैत्र २०७८, शनिबार ०६:२९ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभामा मनोनीत हुनुभएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दाहाललाई राष्ट्रिय सभामा मनोनयन गर्नुभएको हो।

दाहाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ यसअघि वाग्मती प्रदेश अध्यक्षसमेत हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here