नेपाल बारमा सत्ता गठबन्धनका गोपालकृष्ण घिमिरेको प्यानल निर्वाचित 


२५ चैत्र २०७८, शुक्रबार १७:२१ मा प्रकाशित

काठमाण्डौ – नेपाल बार एसोसिएशनको चुनावमा सत्ता गठबन्धनबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेसहित प्यानल नै निर्वाचित भएको छ ।

घिमिरे वृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार बन्नुभएको हो ।आज शुक्रवार सकिएको मतगणनाअनुसार नेपाली कांग्रेस निकट घिमिरेले चार हजार चार सय ७४ मत प्राप्त गर्नुभएको छ ।

घिमिरेसँग पराजित एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले दुई हजार चार सय ८२ मत प्राप्त गर्नुभएको हो ।

यस्तै महासचिवमा अन्जिता खनाल, कोषाध्यक्षमा भरतबहादुर राउत निर्वाचित हुनुभएको छ । २५ सदस्यीय कार्यसमितिका लागि गएको १९ मा भएको चुनावमा सात हजार चार सय २९ मत खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here