पाँच दलीय गठबन्धन कुहिएको गठबन्धनः एमाले अध्यक्ष ओली


२३ चैत्र २०७८, बुधबार १८:२२ मा प्रकाशित

भक्तपुर । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अहिलेको पाँंचदलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताउनु भएको छ । यो गठबन्धन कुहिसकेकाले चाँंडै टुट्ने उहाँले दाबी गर्नु भयो ।

‘जसरी फल कुहिनेवित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो,’ उहाँले भन्नुभयो, ‘कुहिएको फल छुट्न थालेसँंगै गठबन्धन छुट्न थाल्छ ।’

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बुधबार उहाँले गठबन्धन किन टुट्छ भन्ने विषयमा भने कुनै उल्लेख गर्नु भएन ।

तर पनि निर्वाचनमा संयुक्त उम्मेदवारी दिने बेलामा गठबन्धन टुटने उहाँको आशय थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here