झापाका झापाका २ लाख भन्दा बढि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने


२३ चैत्र २०७८, बुधबार १८:२१ मा प्रकाशित

बिर्तामोड । जिल्ला स्वास्थ्य कार्यालय झापाले आज बितामोडमा पत्रकार सम्मेलन गरी झापाका २ लाख १५ हजार ३ सय ५० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने जनाएको छ ।

देशव्यापी अभियान अन्तरगर्त चैत २५ गतेदेखि झापाका बालबालिकालाई खोप लगाउने तयारी भइरहेको हो । स्वास्थ्य कार्यालयका खोप अधिकृत ईश्वरी पौडेलले १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइने बताउनुभयो ।

अहिले १५ दिनसम्म चल्ने खोप अभियान पछि नियमित खोप कार्यक्रमका रुपमा सरकारले सञ्चालन गर्ने उहाँले बताउनुभयो । झापामा विद्यालय बाहिर ३७ हजार १ सय ५५ बालबालिका छन् । उनीहरुलाई पनि टाइफाइडविरुद्ध खोप लगाइने छ । खोप अभियान सञ्चालन गर्न झापामा ६ सय ९० खोप केन्द्र तोकिएको छ । २ सय २८ खोपकर्मी र ४ सय ५६ स्वयंसेवक परिचालन गर्ने तयारी भएको खोप फोकल पर्सन बालकृष्ण भण्डारीले जानकारी दिनुभयो ।प्रदेश १ का १२ लाख ३८ हजार ३ सय ८७ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताउनुभयो । प्रदेशमा सबैभन्दा बढी मोरङमा ३ लाख ४७ हजार २ सय २५ र सबभन्दा कम तेह्रथुममा २५ हजार ७ सय १७ बालबालिका छन् । टाइफाइड संक्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न स्वास्थ्य सेवा विभागले देशव्यापी खोप अभियान सञ्चालन गर्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here