गौरादह । झापाको गौरादह नगरपालिका वडा नं। ४ मा आज एक कार्याक्रमबीच धनीपूर्जा वितरण गरिएको छ ।
राष्ट्रिय भूमि आयोग झापाले जिल्लामा पहिलो पटक नगरपालिकाको समन्वयमा मंगलवार ती वडाका ५० जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गरिएको हो ।
आयोगका जिल्ला अध्यक्ष तिलक पाण्डेका अनुसार आयोग गठन भएपछि जिल्लामा पहिलोपटक गौरादह ४ का अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरि कामलाई तीव्रता दिएको हो ।
आयोगले अव भने स्थानीय तहको निर्वाचन पछि मात्र जिल्लाको विर्तामोड,बुद्धशान्ति,मेचीनगर लगायतका अव्यवस्थित बसोबासी तथा भूमिहीनहरुलाई जग्गाधनीपूर्जा वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष पाण्डेले बताए ।
धनीपूर्जा वितरण कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे, गौरादहकी उपमेयर गीता भेटवाल,आयोगका सदस्यहरु, वडाध्यक्ष,वडासदस्य,मालपोत तथा नापी कार्यालयका प्रतिनिधि तथा वडाबासीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।





