सुनको भाउ आज एक सय रुपैयाँले बढ्यो


२२ चैत्र २०७८, मंगलवार १३:३३ मा प्रकाशित

काठमाण्डाै – हिजो र अस्ति लगातार घटेको सुनको भाउ आज भने एक सय रुपैयाँले बढेको छ ।

तोलामा आज सुन ९८ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here