झापा । झापा बिर्तामोडको पश्चिम बस स्टेण्ड नजिक एक ग्यारेजका कर्मचारीको शंकास्पद मृत्यु भएको छ ।
स्थानीयबासीका अनुसार सवारी साधन मर्मत गर्ने क्रममा अचानक उनको मृत्यु भएको हो ।
मृतकको पहिचान अहिलेसम्म खुलिनसकेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।





