झापा बिर्तामोड नगरपालिकाको न्यायिक समिति जिल्लामै उत्कृष्ट, ९५ प्रतिशत मुद्दा किनारा लाग्यो


२१ चैत्र २०७८, सोमबार १६:३१ मा प्रकाशित

झापा । बिर्तामोड नगरपालिकाको न्यायिक समितिले समितिको कार्यकालको चार वर्षमा ३२९ वटा मुद्दाको न्याय निरुपण गरेको छ।

समितिले जटिल प्रकृतिका मुद्दासमेत छिनोफानो गरी किनारा लगाएको जनाएको छ।

बिर्तामोड नगरपालिकाकी उप्रप्रमुख तथा न्यायिक समितिकी संयोजक पवित्रा महतारा प्रसाईले न्यायिक समितिका तर्फबाट सोमबार कार्यालयमा पत्रकार सम्मेलन गरि आफ्नो नेतृत्वमा सम्पादन भएका कामबारे अवगत गराउनु भयो ।

उहाँले न्याय निरुपणमा कुनै अन्याय नहुने गरि आफूले काम गरेको बताउनु भयो।

जिल्लामै उत्कृष्ट

बिर्तामोड नगरपालिकाको न्यायिक समिति झापामा उत्कृष्ट भएको छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको विषय क्षेत्र मानिएको समिति न्यायिक कार्य सम्पादनमा झापामै उत्कृष्ट भएको हो ।

सबै स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षको नेतृत्वमा न्यायिक समिति गठन हुने संवैधानिक व्यवस्था छ । झापाका १५ वटा पालिकामध्ये बिर्तामोड नगरपालिका उत्कृष्ट बनेको हो।

झापा जिल्ला अदालतले गरेको मूल्यांकनमा बिर्तामोडको न्यायिक समिति उत्कृष्ट भएको हो।

प्रचलित कानुनी व्यवस्था, त्यसका आधारमा गरिएको न्याय सम्पादन र निरुपणले आफू नेतृत्वको समितिले उत्कृष्टता हासिल गरेको बिर्तामोड नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक पवित्रा महतारा प्रसाईले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here