दीपेन्द्रसिंह ऐरीको शानदार प्रदर्शन, नेपालले टी-२० क्रिकेटको फाइनल जित्यो


२१ चैत्र २०७८, सोमबार १६:०३ मा प्रकाशित

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको शानदार प्रदर्शनमा नेपालले टी-२० त्रिकोणात्मक शृङ्खलाको फाइनलमा पपुवा न्युगिनीलाई हराएको छ।

कीर्तिपुर क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको नेपालले १६८ रन जोडेको थियो। ऐरीले सर्वाधिक ५४ रन बनाए।

ऐरीले बलिङमा पनि चार विकेट लिएपछि प्रतिद्वन्द्वी टोली १६.१ ओभरमा ११८ रनमा समेटियो र ५० रनले पराजित भयो।

नेपालले लीग चरणमा पपुवा न्युगिनी र मलेशियालाई दुई-दुई पटक पराजित गरेको थियो।

यसअघि काठमाण्डूमा नै भएको एकदिवसीय शृङ्खलामा भने नेपाललाई दुवै खेलमा हराएर पपुवा न्युगिनीले शृङ्खला जितेको थियो।

ऐरीले सोमवार २१ रन पूरा गर्दा १,००० टी-२० अन्तर्राष्ट्रिय रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here