काठमाडौं । त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय श्रृंखलाको फाइनलमा आज नेपाल र पपुवान्युगिनी पिएनजी वीच प्रतिस्पर्धा हुँदैछ।
नेपाल यस श्रृंखलामा अपराजित रहँदै फाइनल खेल जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।
यसअघिको पीएनजीसँगको दुई खेलमा नेपालले पहिलो खेलमा १५ रन र दोस्रो खेलमा आठ विकेटको सानदार जित निकालेको थियो ।
आजको फाइनल खेलमा बाह्रौं खेलाडीका रुपमा घरेलु दर्शक रहने भएकाले नेपाल उपाधी हात पार्दै पीएनजीलाई स्तब्ध पार्ने दाउमा रहेको छ ।
खेल आज सोमबार दिउँसो साढे १२ बजे टीयू क्रिकेट खेल मैदानमा हुनेछ ।।





