सामाजिक परिवर्तन र जागरण ल्याउने कार्यमा बुद्धिजीवीहरू क्रियाशील हुनुपर्छः ओली


२० चैत्र २०७८, आईतवार १४:२० मा प्रकाशित

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सामाजिक परिवर्तन र जागरण ल्याउने कार्यमा बुद्धिजीवीहरू क्रियाशील हुनुपर्ने बताउनु भएको छ ।

एमालेनिकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समाज परिवर्तन र जागरण ल्याउने कार्यमा बुद्धिजीवीको अहम् भूमिका रहने भएकाले सोहीअनुसार क्रियाशील हुन निर्देशन दिनुभयो ।

आफ्नो सम्बोधनको अधिकांश समय दर्शनशास्त्र र दार्शनिक व्यक्तिबारे व्याख्या गरेका उहाँले देशमा भएका विभिन्न परिवर्तनका साहित्यकार र बुद्धिजीवीहरूले कृति र लेखले जनतालाई जागरुक गराएको बताउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here