नेपाली चलचित्र लुङाको विर्तामोडमा प्रीमियर शो


२० चैत्र २०७८, आईतवार १३:४२ मा प्रकाशित

रबिन राई (रबिकिरण), विर्तामोड । कोरोनाकहरको मारमा परेको नेपाली चलचित्र क्षेत्र यतिबेला चलयमान बनाउन केहि चलचित्रकर्मीहरु लागि परेका छन् । प्रदर्शन मितितोकेर पनि कोरोनाले गर्दा प्रदर्शन गर्न नसकिएका चलचित्रहरु यतिबेला लकडउनको अन्त्यसंगै धमाधम प्रदर्शन हुन थालेका छन् । केहि चलचित्रले विशेष प्रीमियर शो राखेर नेपाली चलचित्र प्रतिदर्शकहरुको ध्यनाकर्षण गराउन थालेका छन् ।

किरण राईको निर्देशनमा रहेको नेपाली चलचित्र लुङाले यहि चैत्र २ गते विर्तामोडको कृष्ण चलचित्र मन्दिरमा विशेष कार्यक्रमको आयोजना गर्दै प्रीमियर शो सम्पन्न गरेको छ । वरिष्ठ चलचित्र निर्देशक तथा निर्माता मिलान चाम्सको प्रमुख आतिथ्यता रहेको उक्त प्रीमियरशोमा झापाका धेरै चलचित्र कर्मीहरुले पनि उत्साहजनक उपस्थिति जनाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चाम्सले नेपाली दर्शकहरुको रुचि दक्षिण भारतीय चलचित्रहरुमा बढदै गैरहेकोले पनि अबका दिनहरुमा नेपाली चलचित्रले प्राविधिक र कथाको हिसावले दक्षिण भारतीय पोलिसीमा अगाडी बढनु पर्नेमाजोड दिनुभयो । इमान्दारीका साथमौलिक कथाबस्तुमा बनेको राम्रो चलचित्रलाई दर्शकहरुले माया गरिरहेको पनि बताउनु भयो । नेपालको पूुर्विय भेगको रहन सहनलाई पर्दामा उतारेको चलचित्र लुङालाई पनि दर्शकहरुले रुचाउनेमा आँफु ढुक्क रहेको भन्दै उहाँले चलचित्रको सम्पूर्ण टिमलाई बधाई दिनुभएको थियो ।

ज्योतिराज राई प्रस्तुतकर्ता रहेको चलचित्र लुङा भुमिसा प्रोडक्सनको ब्यानर मानिर्माण भएको हो । चलचित्रको निर्देशन, छायाँकन र सम्पादन किरण राईले गरेका छन् । चलचित्रको कथा भुवनसिंह राइले लेखेका हुन भने पटकथा र सम्वाद प्रयास घिमिरे र निश्चल सापकोटाले संयुक्त रुपमा लेखेका हुन् । चलचित्रमा बादल लिम्बु र आयुष प्रधानले संगित भरेका छन् । चलचित्रमा सञ्जिव राई, शान्तापौडेल, मनिषा पाठक, मेनुका घिमिरेले लगानी गरेका छन् । कलकार भुवनसिंह राई, सारा राई, बुद्धि तामाङ, भिम शेर्मा लिम्बू, अनुप राई, प्रकाश दाहाल, सुदिपजङ्ग कार्की लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई प्रीमियरमा उपस्थित अतिथि तथा दर्शकहरुले रुचाएको प्रतिक्रिया दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here