सीताराम मन्दिरमा भोलिदेखि ९ दिनसम्म प्राण प्रतिष्ठान तथा गरुड महापुराण हुँदै


२० चैत्र २०७८, आईतवार १२:५० मा प्रकाशित

मेचीनगर। मेचीनगर–५ सुरेन्द्रनगर स्थित सीताराम मन्दिरमा भोलिदेखि ९ दिनसम्म प्राण प्रतिष्ठान तथा गरुड महापुराण हुँदैछ ।

सनातन धर्म सेवा समिति स्थानीय शाखाको सो मन्दिर समितिले यहि चैत २१ देखि २९ गतेसम्म प्राण प्रतिष्ठान तथा गरुड महापुराण आयोजना हुने जानकारी दिएको हो ।

समितिका अध्यक्ष अमर सुब्बाले पुराणमा करिव १० लाख उठ्ने अनुमान गरिएको बताए । पुराण सम्पन्न गर्न करिव ५ लाख खर्च लाग्ने उनले बताए । समितिले निकट भविश्यमा अक्षयकोष समेत खडा गर्ने जनाएको छ ।

पुराणको मुख्य वाचकत्व आचार्य सोमनाथ सुवेदी र उपवाचकत्वमा लीला खनाल रहेका छन्

मन्दिर परिसरमा रहेको नवनिर्मित भवनको माथ्लो तला थप्ने, रंगरोगन गर्ने, परिसर वरिपरि कम्पाउण्ड वाल बनाउने लक्ष्य रहेको पुराण आयोजक समितिका संयोजक भवानीप्रसाद गुरगाईले बताए ।

नवनिर्मित मन्दिरमा राम परिवारको नयाँ मुर्तिहरुको प्राण प्रतिष्ठा र भवन निर्माणका लागि पुराण आयोजना गरिएको बरालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here