भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री देउवा बनारसमा


२० चैत्र २०७८, आईतवार १०:४२ मा प्रकाशित

बनारस । प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार बिहान भारत उत्तर प्रदेशको बनारस पुग्नु भएको छ।

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तरप्रदेशस्थित धार्मिक शहर बनारस पुग्नु भएको हो।

नयाँदिल्लीबाट उहाँ बनारस पुग्नु भएको हो।

बनारसमा देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नु भयो।

प्रधानमन्त्री देउवा एयर इन्डियाको जहाजबाट बनारस जानु भएको हो।

बनारसमा प्रधानमन्त्री देउवाले केही मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here