काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कँदै हुनुहुन्छ । काठमाडौं फर्किनुअघि उनी आज उत्तर प्रदेशको बनारस जाँदै हुनुहुन्छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहान नौ बजे नयाँदिल्लीबाट बनारस प्रस्थान गर्नु हुनेछ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्नु हुनेछ । बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।
भारतको औपचारिक भ्रमण गर्न प्रधानमन्त्री देउवा गत शुक्रबार नयाँदिल्ली जानु भएको थियो । शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गर्नु भयो । भेटको क्रममा देउवाले सीमा समस्या समाधानका लागि मोदीलाई अनुरोध गर्नु भएको थियो ।





