रुख ढाल्ने क्रममा इलाम कागतेपानीका एकको मृत्यू, तीन नियन्त्रणमा


१८ चैत्र २०७८, शुक्रबार २०:१७ मा प्रकाशित

इलाम ।  रुख ढाल्न क्रममा इलाम नगरपालिका ४ मा आज एक ब्यक्तिको रुखले लागेर मृत्यू भएको छ ।

इलाम नगरपालिका ४ कागतेपानीका ५० वर्षिय लाल बहादुर गुरुङको रुखले लागेर घटनास्थलमा नै मृत्यू भएको हो ।

स्थानिय नबिन गुरुङको बारीको पिप्लेको रुख ढाल्ने क्रममा रुखले लागेका उहाँको दिउशो करिव तीन बजे घटना स्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डिएसपी गंगाबहादुर थापाले जानकारी दिनभयो ।

सन्दकपुर गाउँपालिकाका ३२ वर्षिय सुवास राईले ठेक्कामा लिएर इलाम नगरपालिका ४ का स्थानिय सन्तबहादुर राई र कुबेर राईले ढाल्दै गरेको रुखले लालबहादुर गुरु ङलाई रुखले लागेको थियो ।

के कारणले रुखले लागेर उहाँको मृत्यू भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अनुसन्धानकै क्रममा ठेक्कामा बगान लिएर रुख कटाउने सन्दकपुर गाउँपालिकाका सुवास राई र रुख काट्ने इलाम नगरपालिका ४ का स्थानिय सन्तबहादुर राई र कुबेर राईलाई नियन्त्रणमा लिइएको छ ।

उहाँहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here