रास्वपा सभापति लामिछानेको घोषणा– देश–मधेस विभाजित गर्ने राजनीतिको अन्त्य गर्छौं


१३ फाल्गुन २०८२, बुधबार १५:०४ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश र मधेसलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्ने घोषणा गर्नुभएको छ ।

 
बुधवार जनकपुरधाम मन्दिर परिक्रमा गर्ने क्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले सो घोषणा गर्नुभएको हो । अघिल्लो निर्वाचनमा सुशासनको मुद्दा बलियो रूपमा उठाए पनि विभेदको विषयमा पर्याप्त आवाज उठाउन नसकेको स्वीकार गर्दै उहाँले विभेदको अन्त्य र सुशासनको स्थापना रास्वपाको प्रमुख एजेण्डा भएको बताउनु भयो । 

उहाँले जनकपुरधामलाई पर्यटकीय केन्द्र बनाउने गरी पार्टीले कार्यक्रम अघि सार्ने वाचा पनि गर्नुभयो । उहाँसँगै कार्यक्रममा धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनिष झाको समेत उपस्थिति थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here