काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गर्नु भएको छ ।
भारत भ्रमणको पहिलो दिन शुक्रबार भारतस्थित नेपाली दूतावासमा आयोजित रात्री भोजमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शनिबार भारतीय प्रधानमन्त्री मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गर्नु भएको हो।
भारतको तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवा नयाँ दिल्ली पुग्नु भएको छ ।
उहाँसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेट वार्ता गर्नु भएको छ भने भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीको कार्यालय पुग्नु भएको छ ।





