प्रेस चौतारी झापा शाखाले निर्वाचन केन्द्रित समाचार लेखन तालिम


१८ चैत्र २०७८, शुक्रबार २०:११ मा प्रकाशित

 कनकाई । प्रेस चौतारी झापा शाखा ले आफ्ना सदस्यहरुलाई निर्वाचन केन्द्रित समाचार लेखन तालिम प्रदान गरेको छ ।

स्थानिय तहको निर्वाचन नजिकिएसंगै पत्रकारहरुलाई निर्वाचन केन्द्रीत समाचार संकलनमा दक्ष बनाउन तालिमको आयोजना गरिएको अध्यक्ष मनकुमार गदालले जानकारी दिनुभयो ।

झापाको कन्काइ नगर उद्योग बाणिज्य संघको सभाहलमा शुक्रबार आयोजित तालिममा जिल्लाका ५० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

अग्रज पत्रकार मोहन मैनालीले सहजिकरण गर्नुभएको तालिममा निर्वाचन केन्द्रित समाचारमा उल्लेख गर्नुपर्ने बिषय र लेखन शैलिका बारेमा जानकारी गराइएको थियो ।

सोहि समारोहका बिच चौतारी झापा शाखाले प्रदेश कमिटी र केन्द्रीय कमिटीमा निर्वाचित सदस्यहरुलाई स्वागत सम्मान समेत गरिएको थियो ।

सम्मानित हुनेहरुमा प्रदेश महासचिव गोपाल झापाली र कोषाध्यक्ष युवराज विवश, प्रेस चौतारी नेपाल १ न. प्रदेश कमिटी सदस्यहरु रोहित काफले, अर्जुन कार्की, उमानाथ भण्डारी राजकुमार ओली, मिना विश्वकर्मा, राम निरौला, विशाल नेम्बाङ, मायामितु न्यौपाने, राजु पोखरेल, रमेश तिवारी, शिशिर चौलागाई, विष्णु माया मैनाली र सगिता उप्रेती रहनुभएको थियो ।

त्यस्तै, सम्मानित हुनेहरुमा प्रेस चौतारी नेपाल १ न. प्रदेश इन्चार्ज गणेश पोखरेल, केन्द्रिय सदस्य तथा १ नं प्रदेश सह इन्चार्जहरु भीमा शिवाकोटी, टिकाराम उप्रेती, अम्विकाभण्डारी, केन्द्रीय सदस्य सन्तोष आचार्य, केन्द्रीय निर्वाचन आयोग सदस्य सावित्रा दाहाल, केन्द्रीय लेखाआयोग सदस्य विष्णु पोखरेल रहनुभएको छ ।

त्यस्तै, नेकपा एमाले जिल्ला कमिटी झापाको २००८ पुस २३ र २४ गते विर्तामोडमा सम्पन्न १० औ जिल्ला अधिवेशन निर्वाचित जिल्ला कमिटी सदस्यहरु मोहनकाजी न्यौपाने, गोपाल काफ्ले, मिना विश्वकर्मा लगायत रहनुभएको छ । चौतारीका झापा अध्यक्ष मनकुमार गदालको सभापतित्व तथा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here