निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने


१३ फाल्गुन २०८२, बुधबार १६:३६ मा प्रकाशित

काठमाडौं । आसन्न निर्वाचनमा घाइते हुने सबै सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । 


बुधवार यही फागुन १२ गते मंगलवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका गृहमन्त्री ओेमप्रकश अर्यालले सो जानकारी दिनुभएको हो । उहाँले सो क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएका निजको आश्रित परिवारलाई क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।

त्यसैगरी सरकारले यातायात क्षेत्रसम्बन्धि सर्वोच्च अदालतका आदेशहरु कार्यान्वयन सम्बन्धि जाँचबुझ आयोगको कार्य अवधि एक महिना थप गरेको छ । १६ औँ योजना कार्यांन्वयन कार्ययोजना पनि स्वीकृत गरिएको छ । सरकारले हितमान गुरुङलाई बेलायतका राजाद्वारा प्रदान गरिने बीइएम उपाधि ग्रहण गर्न स्विकृति प्रदान पनि गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here