झापाको बिर्तामोडमा राजश्व अनुसन्धानको राति पनि छापा, व्यापारी आतंकित


१८ चैत्र २०७८, शुक्रबार १०:०२ मा प्रकाशित

झापा । राजश्व अनुसन्धान कार्यालय इटहरीले गए राति पनि झापाको बिर्तामोडमा छापा मारेको छ।

बिहीबार दिउँसो साह कपडा पसलमा छापा मारेको केही घन्टा नबित्दै पुनः अर्को एक गोदाममा राजश्व अनुसन्धान कार्यालयले छापा मारेको हो।

प्रहरीका अनुसार बिर्तामोड ३ मा कपडा भण्डारण गरिएको एक घरमा राजश्व अनुसन्धानले छापा मारेको प्रहरीले जनाएको छ।

कार्यालयले लागतार बिर्तामोडमा छापा मारेपछि व्यापारी आतंकित भएका छन्।

कुनै सूचना नदिइ छापा मारेको भन्दै बिर्तामोडका व्यापारीले बिहीबार पूर्व पश्चिम राजमार्ग केही घन्टा अवरुद्ध गरेका थिए।

छापा मारेको विषयमा प्रशासनले वार्ता गर्ने आश्वासन दिएपछि अवरुद्ध यातायात सञ्चालनमा आएको थियो।

शुक्रबार बिहान भएको वार्तामा अनुसन्धान कार्यालयका कोही उपस्थित नभएको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले जानकारी दिनुभयो।

प्रमुख जिल्ला अधिकारी छविराज रिजालले शुक्रबार बेलुकासम्ममा सिल गरिएका पसल खोल्ने वातावरण मिलाउन आश्वासन दिनुभएको मैनालीले बताउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here