झापा । शुक्रबार बिहानैदेखि देशभर पेट्रोलियम पदार्थको अभाव भएको छ।
पेट्रोलियम पदार्थको खरिद तथा बिक्रेता डिलरहरूले पेट्रोलियम पदार्थको सम्पूर्ण कारोबार रोक्का गरेपछि बजारमा पेट्रोलियम पदार्थको अभाव भएको हो।
नेपाल आयाल निगमले यसअघि डिलरहरूले खाइपाई आएको कमिसन कटौति गरेपछि आन्दोलित भएका ग्याँस डिलरहरूले पूर्ववत् अवस्थामा कमिसनको व्यवस्था नभएको भन्दै अनिश्चितकालका लागि पेट्रोलियम पदार्थको बिक्री वितरण रोकेका हुन्।
निगमको निर्णयविरुद्ध गत चैत ६ गतेदेखि चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका व्यवसायी डिलरहरूले शुक्रबारदेखि कुनै पनि पेट्रोलियम पदार्थको ट्याङ्कर लोड/अनलोड नगर्ने र निगमको डिपोबाट पेट्रोलियम पदार्थ खरिद नगर्ने जनाएको छन्।
चैत २० गतेबाट मुलुकभर एलपी ग्यास उद्योग र ग्यास बिक्रेताहरूले सम्पूर्ण रुपमा आन्दोलन केन्द्रित गर्दै कुनै पनि डिलरबाट ग्यास बिक्री वितरण नगर्ने चेतावनी दिएका छन्।





