यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यतालिका


१८ चैत्र २०७८, शुक्रबार ०४:५९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने भ्रमणका लागि भारत जान लाग्न भएको हो ।

प्रधानमन्त्री देउवा भारतीय समय अनुसार दिउँसो १ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ ।

देउवासँग भारतीय विदेश मन्त्री एस जयशंकरले भारतीय समय अनुसार दिउँसो ४ बजेर ३० मिनेटमा होटल आइटीसी मौर्यमा भेटवार्ता गर्नुहुनेछ ।

शनिबार देउवाले विहान १० बजेर ४० मिनेटमा महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर पुष्प अर्पण गर्ने कार्यक्रम रहेको छ ।

शनिबार नै ११ बजेर १० मिनेटमा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । हैदरावाद हाउसमै सवा १२ बजे सम्झौता आदानप्रदार र प्रेस स्टेटमेन्ट जारी हुने कार्यक्रम रहेको छ ।

सोही दिन अपराह्न साढे ४ बजे मौलाना आजाद रोडमा भारतीय उपराष्ट्रपतिसँग प्रधानमन्त्री देउवाले शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

आइतबार ९ बजे देउवा बाराणसी पुग्नु हुनेछ भने त्यहाँ कार्यक्रममा सहभागी हुनु हुनेछ। बाराणसीको कार्यक्रम सकेर देउवा ४ बजे दिल्ली फर्कनु हुनेछ।

भ्रमण सकेर देउवा ४ बजेर १५ मिनेटमा काठमाडौंका लागि फर्कने कार्यतालिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here