खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ


१७ चैत्र २०७८, बिहीबार १२:१२ मा प्रकाशित

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ४ बस्ने ३७ बर्षीय चन्द्र राई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

हिजो राती साँढे ७ बजेको समयमा राईले आफ्नै ३७ बर्षीया श्रीमती मनिला राईलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राईले सामान्य बादबिबादको क्रममा रिषको आवेगमा श्रीमतीलाई खुकुरी प्रहार गरेको सोही कारणले राईको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here