सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी


१७ चैत्र २०७८, बिहीबार १२:३४ मा प्रकाशित

काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो।

बैठकले आगामी स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा निर्णय गर्ने बताइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतको भ्रमणमा जाँदै छन्। त्यो भन्दा अघि नै तालमेलबारे छलफल गर्न गठबन्धनको बैठक बसेको हो।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले  आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरिसकेका छ भने माओवादी केन्द्र र एकिकृत समाजवादी पनि तालमेल गरेर अगाडि बढ्ने पक्षमा छ।

सोही विषयमा औपचारिक निर्णय गर्नका लागि गठबन्धनको बैठक बसेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here