गलत र भ्रामक समाचार प्रवाह हुन थाल्यो, विश्वसनीयता घट्छः प्रधानमन्त्री देउवा


१७ चैत्र २०७८, बिहीबार ११:२९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको परिवर्तनमा सञ्चार माध्यमले अहम् भूमिका निर्वाह गरेको बताउनु भएको छ ।

बिहीबार रिपोर्टस क्लव नेपालको २४औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

सञ्चार माध्यम आवाजविहीनको आवाज रहेकाले देशको राजनीति सामाजिक परिवर्तनमा निकै भूमिका निभाएको प्रधानमन्त्री देउवाको भनाइ छ ।

मिथ्या र भ्रामक समाचार पनि प्रवाह हुन थालेको भन्दै उहाँले यस्ता समाचारले विश्वसनीतामा ह्रास ल्याउने भएकाले सचेत रहन आग्रह गर्नुभयो।

देशको विकासका लागि सञ्चार माध्यमको भूमिका अर्थपूर्ण हुने भएकाले आसन्न्न निर्वाचनमा पनि सोहीअनुसार भूमिका निर्वाह गर्ने उहाँको विश्वास छ ।

समस्या र अप्ठ्यारा चिरेर सत्तारुढ गठबन्धनलाई अघि बढाउने प्रधानमन्त्री देउवाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here