झापाको मेचीनगर ७ मा आगलागी, एक घर जल्दा ६ लाख रुपैयाँ बराबरको धनमाल डढ्यो


१७ चैत्र २०७८, बिहीबार ११:२४ मा प्रकाशित

मेचीनगर । झापाको मचीनगरमा बिहीबार बिहान एउटा घरमा आगलागी हुँदा करीव ६ लाख रुपैयाँ मूल्य बराबरको धनमाल डढेर क्षति भएको छ ।

प्रहरीका अनुसार मेचीनगर —७ का चन्द्रबहादुर पौडेलको घरमा विद्युत सर्ट भइ विहान साढे ९ बजे आगलागी भएको थियो ।

आगलागीका कारण घरभित्र रहेका अन्नपात, इलेक्ट्रोनिक सामान, लत्ताकपडा , फनिचरका सामान, खाद्यन्नलगायत स्टिलका सामग्री डढेर करीव ६ लाख रुपैयाँ म”ल्य बराबरका मालसामान क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

घर पूर्णरुपमा क्षति भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो एक घण्टापछि नियन्त्रणमा आएको थियो । मेचीनगर नगरपालिकाको बारुणयन्त्र समयमा घटनास्थल पुगे पनि बाटो अभावका कारण फर्किएको स्थानीयबासीको भनाइ छ ।

बाटो साँघुरो भएका कारण बारुणयन्त्र घटनास्थलसम्म पुग्न नसक्दा समयमै आगो नियन्त्रणमा आउन नसकेको र यति ठूलो क्षति भएको प्रहरीको भनाइ छ ।

सामान्य मजदुरी गरेर गुजारा चलाउँदै आएका पौडेल दम्पति मजदुरीका लागि बाहिर गएका थिए । घरमा कोही नभएका कारण पनि घटना समयमै थाहा पाउन नसकिएको हो ।

आर्थिक अवस्था ज्यादै न्यून र फरक क्षमताका चन्द्रले आफूलाई सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here