लायन्स क्लब तथा लियो क्लब अफ अनारमनीको आयोजनामा झापामा खुल्ला व्याडमिण्टन प्रतियोगिता


१७ चैत्र २०७८, बिहीबार ११:१६ मा प्रकाशित

बिर्तामोड । लायन्स क्लब अफ अनारमनी तथा लियो क्लब अफ अनारमनीको आयोजनामा झापामा खुल्ला व्याडमिण्टन प्रतियोगिता हुने भएको छ ।प्रतियोगिता यहि चैत्र १८ गतेदेखि २० गते सम्म हुने निश्चय भएको लायन्स क्लब अफ अनारमनीका पूर्व अध्यक्ष एवम् लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ ए वान नेपालका रिजोन चियर पर्सन शैलेन्द्र कुरुम्वाङले जानकारी दिनु भयो ।

प्रतियोगिता महानन्द चोक स्थित बिर्ता व्याडमिण्टन क्लबको कर्वडहलमा हुनेछ ।प्रतियोगितामा ए डिभिजन खुल्ला तर्फका प्रथम हुनेले नगद रु ३० हजार, दोस्रो हुनुले नगद २५ हजार र तृतिय हुनेले नगद १२ हजार सहित मेडल तथा प्रमाणपत्र पाउने छन् ।

त्यस्तै बि डिभिजन तर्फबाट प्रथम हुनेले २५ हजार नगद, दोस्रो हुनेले २० हजार नगद र तेस्रो हुनेले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र पाउने छन् ।त्यस्तै प्रतियोगितामा भेट्रान तर्फबाट प्रथम हुनेले नगद २० हजार , दोस्रो हुनेले नगद १५ हजार र तेस्रो हुनेले नगद ८ हजार सहित मेडल तथा प्रमाणपत्र पाउने छन् ।

स्वस्थ्य जीवनका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा सहभागि हुनेलाई यहि चैत्र १३ गतेदेखि १७ गते सम्म टिम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here