चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्छः सुवास नेम्बाङ


१७ चैत्र २०७८, बिहीबार १०:११ मा प्रकाशित

काठमाडाैं । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताउनु भएको छ।

रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा बिहीबार नेम्वाङले यहीलेको व्यवस्थामा कुनै दलले बहुमत ल्याउन निकै अप्ठेरो भएकाले गठबन्धन स्वभाविक रहेको बताउनु भयो ।

तर, गठबन्धन गर्दा लाेकतन्त्रकाे मूल्य र मान्यताका आधारमा भएन भने पछि दुख पाइने उहाँले बताउनु भयो ।

‘गठबन्धनका कुराहरु आउछन् । हाम्रो स्पष्ट दृष्टिकोण छ, लाेकतन्त्रकाे मूल्य र मान्यताका आधारमा हुनुपर्छ । त्यो भएको छ छैन, त्यतातिर म टिप्पणी  गर्दिन,’ उहाँले भन्नुभयो, ‘पछि सम्बन्धित मित्रहरुले दुख पाउनुहुन्छ ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here