जिल्ला नेतृत्वले आफूलाई छाडेपछि राप्रपा अध्यक्ष लिङ्देन मकवानपुर जाँदै, आमसभालाई सम्बोधन गर्ने


१७ चैत्र २०७८, बिहीबार ०९:५५ मा प्रकाशित

हेटौडा । राप्रपाको मकवानपुर नेतृत्वले अध्यक्ष राजेन्द्र लिङ्देनको साथ छाडेपछि राप्रपाले नयाँ नेतृत्व चयन गरेको छ।

राप्रपा मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन भएका छन् ।

हेटौंडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको हाे ।

राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायत पार्टीको नीति, विचार र सिद्धान्त प्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिक रुपमा विचलित हुने पलायनवादलाई मकवानपुरले साथ दिन नहुने बैठकको निश्कर्ष रहेको प्रवक्ता विशभ अधिकारीले बताउनु भयो ।

बैठकले २७ चैतमा हेटौंडामा बृहत आमसभा गर्ने निर्णय समेत गरेको छ । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

मकवानपुर राप्रपा नेपालका अध्यक्ष कमल थापाकाे गृहजिल्ला हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here