नगरपालिका स्तरीय अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न


१६ चैत्र २०७८, बुधबार १९:४७ मा प्रकाशित

बिर्तामोड । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत नगरपालिका स्तरीय अमिुखिकरण कार्यक्रम झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बुधबार अमिुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा आयोजित कार्यक्रमको सहजीकरण बहुक्षेत्रीय पोषण कार्यक्रम प्रदेश १का संयोजक संजिव लामा घिसिङ्गले गर्नु भएको थियो । संयोजक घिसिङ्गले प्रदेश १ मा २५ प्रतिशत बालवालिका कुपोषणको सिकार रहेको बताउनु भयो ।

उहाँले पोषकयुक्त खानाको अभावकाकारण बालबालिकाहरुमा ख्याउटेपन,पुड्कोपन,कम तौल रहने समस्या रहेको जानकारी दिनुभयो । ५ वर्ष भन्दा मुनिका बालवालिकाहरुमा कुपोषणको अवस्था भयावह रहेको र यसको न्युनिकरणको लागि दिगो विकासको उदेश्यसंगै सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रम लागु गरेको संयोजक घिसिङ्गले बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले अर्गानिक खानेकुरामा जोड दिनु भयो । गर्भवति आमा र जन्मिसकेका बच्चाहरुलाई विषादी रहित खानेकुरामा जोड दिनु भयो । कार्यक्रममा विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने,विभिन्न वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो । बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको टाइफाइड विरुद्वको खोप अभियान अन्तर्गत नगर स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण तथा योजना गोष्टी पनि बुधबार नै सम्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here