सरकारमा सहभागिताबारे छलफल गर्न लोसपाका शीर्ष नेताहरु बालुवाटारमा


१६ चैत्र २०७८, बुधबार २०:३० मा प्रकाशित

काठमाडौं, १६ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरु बालुवाटार पुगेका छन् ।

अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बुधबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेका हुन् ।

पछिल्लो समय सरकारमा सहभागीता बारे लोसपाले  प्रधानमन्त्री देउवासँग वार्ता गरिरहेको छ ।

तेस्रो चरणको छलफलका लागि भन्दै लोसपाका अध्यक्ष ठाकुरसहितका नेताहरु बालुवाटार गएका हुन् ।

बुधबारको दिउँसो बसेको कार्यकारिणी समितिको बैठकमा सरकारमा सहभागी हुने बारे छलफल भएको थियो ।

बैठकमा ९ जना कार्यकारिणी समिति सदस्यले बोल्दै सरकारमा सहभागी हुने र कांग्रेससँग तालमेल गर्ने विषयमा आफ्नो धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here