१० दिने उद्घोषण तालिम सम्पन्न


१६ चैत्र २०७८, बुधबार १९:०१ मा प्रकाशित

बिर्तामोड । सत्तक संगित बिद्यालयद्वारा आयोजित १० दिने उद्घोषण तालिम झापाको बिर्तामोडमा सम्पन्न भएको छ । नारी ससक्तिकरणका लागि महिलाको सहभागिता सहितको भूमिका बढाउन तालिमको आयोजना गरिएको संस्थाका संयोजक आकृति खतिवडाले जानकारी दिनुभयो ।

तालिममा बिर्तामोड भरिका बिभिन्न पेशा र संस्थामा आवद्व फरक–फरक उमेर समुहका १२ जना महिलाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण झापा नाट्य प्रतिष्ठान प्रदेश नम्बर १ का संयोजक माधव कल्पितले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि पत्रकार तुलसी निरौला, प्रशिक्षक कल्पित र अतिथिहरुले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

प्रशिक्षार्थी कल्पना खरेलले कबिताबाट स्वागत गर्नुभएको कार्यक्रममा संगित बिद्यालका संस्थापक सरोज बरालले उद्घोषण तालिमको औचित्य माथि प्रकास पार्नुभएको थियो । संगित बिद्यालयका संस्थापक अध्यक्ष कुशल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि, प्रशिक्षक कल्पित र पत्रकार भरत प्रसाई लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here