काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन कायमै राखेर जानुपर्ने बताउनु भयो ।
रोल्पामा निर्माण भएको भ्यु टावरको उद्घाटन गर्दै उनले यस्तो बताउनु भयो। । “गतवर्ष प्रतिगमन हुने हो कि ? संविधानका परिवर्तन उल्टिने हो कि ? भन्ने थियो । गठबन्धन बनाएर सरकार बनाएका छौँ ।गठबन्धन टुटाउन धेरै चलखेल भइरहेका छन् । फेरि पनि हामी १२ बुँदेका सहयात्री दृढताको साथ गठबन्धन कायम राख्ने र निर्वाचनमा पनि रेकर्ड बनाएर जानुपर्छ भन्ने मान्यता राखेका छौँ ।”





