सूर्योदय टेलिभिजनको प्रधान सम्पादकमा पत्रकार उमाकान्त खनाल नियुक्त


१४ चैत्र २०७८, सोमबार १६:४३ मा प्रकाशित

झापा । झापाबाट प्रशारित सूर्योदय टेलिभिजनको प्रधान सम्पादकमा पत्रकार उमाकान्त खनाल नियुक्त हुनुभएको छ ।

सोमबार टेलिभिजनमा आयोजित एक कार्यक्रममा नवनियुक्त खनालले पदभार ग्रहण गर्नु भएको हो ।

उहाँसंगै पत्रकारहरू अच्युत सुवेदी र भरत प्रसाईं पनि सूर्योदय टेलिभिजनमा आवद्ध हुनुभएको छ ।

प्रधान सम्पादक खनाल विगत दुई दशक भन्दा लामो समय अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सञ्चार माध्यममा काम गरिसक्नु भएको छ ।

उहाँसंगै नियुक्त हुनुभएका डेस्क रिपोर्टरद्वय सुवेदी र प्रसाईं झापाका विभिन्न सञ्चार माध्यममा काम गरेर अनुभव प्राप्त पत्रकारहरू हुनुहुन्छ ।

सोमबार टेलिभिजनमा आयोजित कार्यक्रममा टेलिभिजनका अध्यक्ष मनोज उप्रेती र प्रवन्ध निर्देशक बिष्णु मैनाली उप्रेतीले नवनियुक्त पत्रकारहरूलाई स्वागत गर्नुभयो ।

अध्यक्ष उप्रेतीले थप पत्रकारहरूको नियुक्तिसंगै टेलिभिजनको समाचार शाखाबाट उत्कृष्ट समाचार सामाग्री उत्पादन हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

नवनियुक्त प्रधान सम्पादक खनालले ’टिम स्पिरिट’ मा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा टेलिभिजनका संवाददाता लक्ष्मी लुईंटेललाईसमेत सम्मान गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here